सनराइज बैंकले गर्यो लाभांश घोषणा, बोनस कति ?

जागरण न्युज
काठमाडौं, ०१ आश्विन । सनराइज बैंकले १५.८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ५.८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन् ।
अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ मा बैंकले ११.५० प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो ।

बैंक सञ्चालक समितिको ३२६औं बैठकले बैंकको चुक्ता पूँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैयाँबाट ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँको बोनस र ४७ करोड २८ लाख ४८ हजार २३९ रुपैयाँ नगद लाभांश गरि कूल १ अर्ब २८ करोड ८१ लाख ३ हजार ८२४ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरणपछि ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४३६.१ रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्