वर्षाले ठप्प रहेको विमानस्थल सुचारु, काभ्रेमा आकस्मिक अवतरण गरेका हेलिकप्टर काठमाडौं आउँदै

काठमाडौँ, भदौ ३१ । लगातारको वर्षाका कारण ठप्प भएको त्रिभुवन विमानस्थलको उडान तथा अवतरण सुचारु भएको ।

अब भने विमानस्थलको अवस्था सामान्य बनेसंगै उडान तथा अवतरण सुचारु भएको त्रिभुवन विमानस्थल प्रशासनले जनाएको छ ।

भिजुयल फ्लाइट रुल्स ‘भीएफआर’ स्पष्ट भएपछि उडान अवतरण सुचारु भएको हो । लगातारको झरीले अगाडि देख्नै मुस्किल हुन थालेपछि विमान उडान तथा अवतरण प्रभावित हुन पुगेको थियो ।


यसले गर्दा लुक्लाबाट आएका ७ वटा हेलिकप्टर रामेछाप र काभ्रेका विभिन्न धान खेतमा आकस्मिक अवतरण गरिएका थिए।


त्रिभुवन विमानस्थलमा उडान अवतरण सहज भएपछि ती हेलिकप्टर काठमाडौं आउन थालेको विमानस्थलका एक अधिकारीले जानकारी दिए। यसरी वर्षाले विमानस्थल प्रभावित हुदा यात्रु भने समस्यामा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्