३ करोडको लागतमा भरतपुर विमानस्थलमा आइपुग्यो आफ्नै दमकल

काठमाडौं, भदौ ३१ । ३ करोडको लागतमा चितवनको भरतपुर विमानस्थलमा आफ्नै दमकल आइपुगेको छ ।
विमानस्थलमा २९ सय लिटर पानी, ५ सय लिटर फोम र २५० केजी सुख्खा केमिकल अट्ने दमकल आएको विमानस्थलका प्रमुख पवन गौतमले जनाकारी दिए ।

करिब ३ करोड रुपैयाँको लागतमा दमकल ल्याएपछि जनशक्ति व्यवस्थापन र तयारीका लागि तालिम दिन थालिएको छ । विभिन्न क्षेत्रका गरी २५ जनालाई ४ दिनसम्म दमकल प्रयोग र सुरक्षाका बारेमा तालिम दिन थालिएको प्रमुख गौतमले बताए ।

वायुसेवा सुरक्षा अझै बलियो बनाउँदै लैजाने नागरिक उडयन प्राधिकरणको योजना अनुसार दमकलहरू ल्याइएको विमानस्थल प्रमुख गौतमले बताए । अहिले ल्याइएका दमकलहरु अन्तर्रा्ष्ट्रिय नागरिक उड्यन संगठन (आइकाओ) मापदण्डका हुन् ।

विमानस्थलको सुरक्षालाई ध्यानमा राखी दमकल ल्याएको पनि उनले बताए । भरतपुरसँगै चन्द्रगढी, जनकपुर र धनगढीका लागि पनि उति नै क्षमताका दमकल ल्याइएका छन् ।

यसै बर्ष सानो अल्ट्रालाइट दमकल रारा, तुम्लिङटार, जुम्ला, जोमसोम र सिमिकोट विमानस्थलका पनि ल्याइएका छन् । तिनको क्षमता ५ सय लिटर पानी र ५० लिटर फोम रहेको छ ।
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल बाहेक सिमरा, पोखरा, विराटनगर, नेपालगञ्ज, भैरहवा, सुर्खेत र लुक्ला विमानस्थलमा साना ठूला दमकल रहेका छन् ।

दमकल सञ्चालनमन आउन भने अझै कृेहि महिना लाग्ने भर्एको छ । भरतपुरका लागि दमकल सञ्चालन गर्न ५ जना जनशक्तिको आवश्यक पर्ने देखिएको छ । यसका लागि कर्मचारीलाई तालिको तयारी भइरहेको गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्