मौसम बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान-अवतरण ठप्प

काठमाडौं , भदौ ३१ । लगातारको वर्षाले मौसम बिग्रिएपछि काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा विमान अवतरण ठप्प भएको छ ।

भिजिविलिटी नै नपुग्ने अवस्था आएपछि आन्तरिक र बाह्य उडानका सबै जहाजको अवतरण बन्द भएको त्रिभुवन विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।

विमानस्थलबाट हुने उडान भने रोकिएको छैन । अवतरण बन्द भएपछि दिल्लीबाट आएका नेपाल एयरलाइन्स र इण्डिगोले आकाशमै फन्को लगाइरहेका छन् । आन्तरिक उडानका जहाजहरु पनि होल्डमै रहेका छन् ।

वायु सेवा कम्पनीहरुका अनुसार मंगलबार निर्धा्रित अधिकांश आन्तरिक उडान रद्द र डिले भएका छन् । काठमाडौंमा निरन्तरको वर्षाले मौसम विग्रिएपछि हवाई सेवा प्रभावित भएको हो । त्रिभुवन विमानस्थलबाट दैनिक ७० भन्दा बढी अन्तर्रा्ष्ट्रिय र ३ सय हाराहारी आन्तरिक उडान–अवतरण हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्