नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई परराष्ट्रमन्त्री ज्ञवालीको आह्वान
काठमाडौं , भदौ ३१ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेका छन् । उनले नेपालमा लगानीको प्रतिफल सुनिश्चित रहेको दाबी पनि गरे ।
नेपालको साँस्कृतिक र प्राकृतिक विविधतालाई सदुपयोग गर्दै पर्यटन र उद्योग क्षेत्रमा लगानी गरेर नाफा कमाउन सकिने मन्त्री ज्ञवालीले बताए । नेपालमा राजनीतिक स्थीरता भएकाले लगानी र प्रतिफलको वातावरण बनेको उनको भनाइ छ ।
पूर्वसांसद मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भने, ‘भारत र चीन जस्ता ठूला देशहरुको बीचमा नेपाल छ ।
नेपालमा उत्पादित वस्तुको बजार चीन र भारत पनि हो । त्यसकारण नेपालमा लगानी गरेर राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ ।’
कार्यक्रममा नेपालका लागि जापानी राजदूत, अमेरिकी र भारतीय दूतावासका प्रतिनिधिलगायत सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्