सबैको लघुवित्तले प्रस्ताव गर्यो लाभांश

जागरण न्युज
काठमाडौं ३० भदौ । सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/०७६ को
नाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । लघुवित्तको भदौ २९ गते बसेको सञ्चालक समितिको बैंठकले लाभांश प्रस्ताव गरेको हो ।

संस्थाले गत आर्थिक वर्षको संचित मुनाफाबाट चुक्ता पूँजी १६ करोड ५० लाख रुपैयाँको १३ प्रतिशतले हुन आउने २ करोड १४ लाख ५० हजार रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्त सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात् मात्र शेयरधनीले पाउनेछन् ।

बोनस वितरण पछि लघुवित्तको चुक्ता पूँजी १८ करोड ६४ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।
सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथौं त्रैमासमा ३ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्