तीन वर्षमा प्राधिकरणले कमायो साढे ११ अर्ब

काठमाडौँ , भदौ २९ , नेपाल विद्युत प्राधिकरण(नेविप्रा)ले गत तीन वर्षमा साढे ११ अर्ब रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्ष २०६२/७३ मा मात्र ८ अर्ब ८९ करोड खुद घाटामा रहेको प्राधिकरणले आव ०७३/७४ देखि आव ०७५्७६ सम्म आइपुग्दा यस्तो प्रतिफल प्राप्त गर्न सफल भएको हो ।

प्राधिकरणको कार्यकारी निर्देशक(सिईओ) कुलमान घिसिङ प्राधिकरणको प्रमुख जिम्मेवारीमा आएको तीन वर्ष पूरा भएको अवसरमा आइतबार राजधानीमा घिसिङद्धारा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताइएको छ । कार्यक्रममा सिईओ घिसिङले आफू पदवहाली भएपछि प्राधिकरणले आव ०७३/७४ मा १ अर्ब ४७ करोड, आव ०७४/७५ मा २ अर्ब ८५ करोड र आव ०७५/७६ मा अधिकतम ७ अर्ब २० करोड रुपैयाँ दुख नाफा आर्जन गर्न सफल भएको बताएका छन् ।

यसैअवसरमा घिसिङले आर्थिक वर्ष २०७२्७३ मा रु ३४ अर्ब ६१ करोड सञ्चित नोक्सानी रहेको प्राधिकरणले उक्त नोक्सानीलाई आव ०७३्७४ मा रु २८ अर्ब १७ करोड, आव ०७४्७५ मा रु २५ अर्ब ५९ करोड र आव ०७५/७६ मा आएर रु १५ अर्ब २२ करोडमा झार्न सफल भएको बताए ।

‘आर्थिक वर्ष २०७२्७३ मा प्राधिकरणको आम्दानी जम्मा रु ३५ अर्ब ७ करोड मात्र थियो । तर हाल आव ०७५/७६ मा आइपुग्दा प्राधिकरणले कुल रु ७३ अर्ब ४६ करोड आम्दानी गर्न सफल भएको छ ।’ घिसिङले भने, ‘प्राधिकरणले आव ०७३/७४ मा रु ५१ अर्ब २० करोड रुपैयाँ आम्दानी गर्न सफल भएको थियो । त्यस्तै, आव ०७४/७५ मा रु ६१ अर्ब ९७ करोड रुपैयाँ प्राधिकरणले आम्दानी गरेको थियो ।’

यसै अबसरमा घिसिङले पछिल्लो तीन वर्ष यता विद्युत व्यवस्थापनामा मात्र नभइ उत्पादनमा समेत वृद्धि आएकाले अब छिट्टै मुलुक विद्युतमा आत्मनिर्भर हुने बताएका छन् । प्रयाप्त उत्पादनले आफ्नो देशलाई धान्ने अवस्था आयसँगै व्यवसायीक रुपमा समेत प्राधिकरण अघि बढेको र अब छिट्टै भारत विद्युत निर्यात गर्ने पक्षमा रहेको बताएका छन् ।

प्राधिकरण प्रमुख घिसिङले आफु पदवहाली भएपछिको तीन वर्षमा प्राधिकरण र नीजि क्षेत्र गरी कुल ३७५ मेगावाट जलविद्युत आयोजना सञ्चालनमा आएको बताएका छन् । यस अवधि भित्र प्राधिकरका तर्फबाट १०४ मेगावाट र नीजि उत्पादकहरुबाट २७१ मेगावाट जल विद्युत आयोजनाहरु सञ्चालनमा आएका छन् ।

घिसिङले लामो समयदेखि अलपत्रमा परेको ३० मेगावाटको चमेलिया र २०७२ वैशाखको विनाशकारी भूकम्पपछि निर्माण सुरु हुन नसकेको ६० मेगावाटको त्रिशुली ३ ए जलविद्युत आयोजनाको निर्माण काम सुचारु गराई निर्माण सम्पन्न गरिएको र १४ मेगावाटको कुलेखानी तेस्रो निर्माण सम्पन्न भइ विद्युत उत्पादन गर्न सक्ने अवस्थामा पुगिसकेको जानकारी दिएका छन् ।

त्यस्तै, प्राधिकरणको सहायक कम्पनीहरुमार्फत निर्माण हुन लागेको १४० मेगावाटको तनहुँ, ४० मेगावाटको राहुघाट र ३७ मेगावाटको माथिल्लो त्रिशुली थ्री बी जलविद्युत आयोजनाको काम पनि द्रुत गतिमा अघि बढिरहेको जानकारी गराएका छन् ।

राष्ट्रिय गौरबको ४५६ मेगावाटको माथिल्लो तामाकोसी यसै आर्थिक वर्ष्भित्र सक्नेगरी काम गरिरहेको घिसिङको भनाई छ ।

चिलिमे जलविद्युत १११ मेगावाट, रसुवागढी १०२ मेगावाट, मध्यभोटेकोसी ४२.५ मेगावाट र १४.८ मेगावाटको माथिल्लो सान्जेन आयोजना छिट्टै निर्माण सम्पन्न हुने अवस्थामा पुगेको बताइएको छ ।

१०६० मेगावाटको माथिल्लो अरुण र ६३५ मेगावाटको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदनको तयारी अन्तिम चरणमा पु¥याईएको र ९९.६ मेगावाटको तामाकोशी ५ को समेत विस्तृत अध्ययन पूरा गरी निर्माण प्रकृया अगाडी बढाइएको जानकारी भएको छ ।प्राधिकरणको ५ आयोजनासँग १४० मेगावाट विद्युत व्यापार सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्