सुनचाँदी दुबै धातुको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,२८ पुस । आइतबार बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । आज दिन सुनको मूल्य तोलामा १६ सय रुपैयाँ बढेको छ भने चाँदी पनि तोलामा १५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ७०० रुपैयाँ रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरि, आइतबर चाँदी तोलमा १५ रुपैयाँले बढर तोलाको १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्