साताको पहिलो दिन नेप्सेमा दोहोरो अंकको गिरावट, सबै सूचक ओरालो लागे

काठमाडौं , भदौ २९ । साताको पहिलो दिन सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्से १७.८७ अंकले घटेर एक हजार एक सय ४०.०१ अंकमा पुगेको हो । नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स्ट पनि ३.७९ अंकले घटेर २ सय ५०.०१ अंकमा पुगेको छ ।

आज बजारमा १६२ कम्पनीका १० लाख ९० हजार २१८ कित्ता सेयर २८ करोड ८० लाख ९९ हजार ९१२ रुपैयाँमा कारोबार भए । बजारमा कारोबारमा आएका ११ वटै समूहगत उपसूचक ओरालो लागे ।

सेयर बजारमा गिरावट आएको दिन बजारमा नेपाल लाइफ इन्स्योरेन्सको सेयरको कारोबार सबैभन्दा धेरै भयो ।

कम्पनीको सेयर १ करोड ८२ लाख ५२ हजार ३६८ रुपैयाँमा कारोबार भएको हो । यस दिन रिलाइन्स फाइनान्स्का लगानीकर्ताले सर्वा्धिक ३.५१ प्रतिशत सेयर मूल्य कमाए ।

त्यसैगरी, गणपती माइक्रो फाइनान्स्का लगानीकर्ताले सर्वा्धिक ८.३८ प्रतिशत सेयर मूल्य गुमाए ।

प्रतिक्रिया दिनुहोस्