प्राधिकरणले भन्यो – ‘घरबेटीले बिजुलीको व्यापार गर्न पाइँदैन’

काठमाण्डौ , भदौ २९ । नेपाल विद्युत प्राधिकरणले घरबेटीलाई भाडामा बस्नेसंग बिजुलीको शुल्क बढी नलिन चेतावनी दिएको छ ।

केही घरबेटीले प्राधिकरणले तोकेकोभन्दा धेरै शुल्क लिएको गुनासो आएइ रहदा प्राधिकरणले यस्तो चेतावनी दिएको हो ।

कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै पनि घरबेटीले भाडामा बस्नेसँग प्राधिकरणले तोकेको शुल्कभन्दा धेरै शुल्क नलिन आग्रह गरेका छन् ।

न घिसिङले घरबेटीले बिजुलीको व्यापार गर्न नपाउने बताएका छन् । घरबेटीले भाडावालबाट बिजुलीको पैसा बढी लिएर प्राधिकरणलाई कम तिर्ने अनि आफू नाफा खाने गरेको भन्दै उनले यसमा कडाइ गर्ने बताएका हुन् ।

‘घरबेटीले बिजुलीको व्यापार गर्न पाउँदैनन् प्राधिकरणलाई उनीहरुले जति तिर्छन् भाडावालसँगबाट पनि उत्ति नै लिनु पर्ने उनले बताए । यदि बढी लिएको पाए कारबाही हुने चेतावनी समेत उनले दिए ।

प्राधिकरणले तोकेकोभन्दा धेरै बिजुलीको शुल्क घरबेटीलाई नदिन पनि उनले सबैमा आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्