दशैंदेखि छठसम्म हवाई यात्रुलाई १० प्रतिशत छुट दिइने

काठमाडौं , भदौ २९ । वायुसेवा सञ्चालक संघ नेपालले दशैंदेखि छठ पर्वसम्म हवाई यात्रुलाई १० प्रतिशत छुट दिने भएको छ ।

आज बसेको सो संघको बैठकले उक्त निर्णय गरेको बैठकपछि जारी गरिएको वक्तव्यमा जनाइएको छ ।

संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाद्वारा जारी गरिएको वक्तव्यमा आउँदो असोज १२ देखि कात्तिक १७ गते सम्मको हवाई टिकटमा सम्बन्धित वायुसेवा कम्पनीको काउन्टरबाट खरिद गरेमा नर्मल हवाई भाडा मूल्य (एयरपोर्ट ट्याक्स तथा फ्युल सरचार्ज बाहेक) १० प्रतिशत छुट दिने निर्णय गरिएको जनाएका छन् ।


दशैं तथा तिहारमा हवाई यात्रुबाट पनि घर जानेको निकै चाप हुने गर्दछ । यति बेला हवाई टिकट पनि निकै महंगो पर्न जान्छ ।

प्रतिक्रिया दिनुहोस्