अर्थमन्त्री खतिवडा भन्छन् -उद्यम विकासलाई सरकारले उच्च प्राथमिकता दिएको छ

काठमाडौं , भदौ २७ ।अर्थमन्त्री डा. युवराज खतिवडाले उद्यम विकासलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको ’अन्तराष्ट्रिय महिला उद्यमी शिखर सम्मेलन’को उद्घाटन गर्दै उनले यसतो बताएका हुन् ।


उनले दीगो विकास लक्ष्य हासिल गर्न पनि सरकारले सबै क्षेत्रसँगको साझेदारी कार्यक्रममा जोड दिएको बताए ।


अर्थमन्त्री खतिवडाले दीगो विकास लक्ष्य हासिल गर्नका लागि महिला तथा युवा उद्यम विकासलाई पनि सरकारले उच्च प्राथमिकता दिएको स्पष्ट पारे।


उनले मुलुकको आर्थिक समृद्धिका लागि उद्यम विकास गर्न पनि सरकारले सर्वसाधारण नागरिकलाई समेत उद्यम क्षेत्रमा सहभागी गराउन सक्दो पहल गरिरहेको बताए।

अर्थमन्त्री खतिवडाले महिलाहरुलाई उद्यमशील बनाउन उनीहरुलाई जमिनमाथिको स्वामित्व स्थापित गराउन कानुन बनाउने कामलाई पनि तीव्रता दिइएको बताए।

प्रतिक्रिया दिनुहोस्