पोखरा विमानस्थलको निर्माण कार्य ४७ प्रतिशत सम्पन्न

काठमाडौं, भदौ २७ ।पोखरा क्षेत्रिय विमानस्थलको निर्माण कार्य४७ प्रतिशत सम्पन्न भएको छ । साउनसम्मको प्रगति विवरण अनुसार विमानस्थलको निर्माण कार्य ४७ प्रतिशत सकिएको विमानस्थलका उपनिर्देशक विनेश मुनकर्मीले बताए ।

अहिले सम्म विमानस्थलमा टर्मिनल विल्डिङको ९० प्रतिशत काम सकिएको मुनकर्मीले बताए ।
टर्मिनल विल्डिङ बाहेक १३ वटा भवन मध्ये १० वटा भवन निर्माण सम्पन्न गर्ने बताउदै वालमा आरसीसी ढलान गरिएको कन्ट्रोल टावरको छैटौँ तल्लाको ढलान सुरु भएको समेत उनले बताए ।

काम तीब्र गतिमा अगाडि बढिरहेकाले पनि विमानस्थलमा माटो भर्ने काम पनि ८५ प्रतिशत सकिसकेको छ।

विमानस्थल प्रयोजनका लागि आवश्यक उपकरणका लागि चीनमा अर्डर गरिसकेको उनले बताए। आउँदो डिसेम्बर भित्र विमानस्थलमा प्रयोग हुने स्केलेटर, ब्यागेज ह्याण्डलिङ सिस्टम लगायत उपकरण ल्याउने योजना रहेको उनले जानकारी दिए।


हालसम्म विमानस्थल निर्माणका लागि छुट्टाइएको छ अर्ब रुपैयाँ मध्ये ३२ प्रतिशत भुक्तानी भइसकेको मुनकर्मीले बताए।योसँगै उडानमा अवरोध गर्ने डाँडा भने दशैंपछि मात्रै कटान गरिने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाजरउडान अवतरण गर्न कठिन हुन देखिएपछि अर्गौँचोकबाट दक्षिण भागमा रहेको रिठ्ठेपानी डाँडा काट्नुपर्ने भएको हो।

प्राधिकरणको प्रविधिक टोलीले विमानस्थलमा जहाज उडानरअवतरण गर्दा चालकलाई मानसिक रुपमा असर पर्ने देखिएपछि डाँडाको २४.७ मिटर उचाई काट्नैपर्ने जनाएको थियो।


उनका अनुसार विमानस्थल संचालनका लागि डाँडा कटान छ महिनामा सकिनेछ। अन्य निमार्ण कार्य पनि धमाधम अगाडि बढिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्