भाइरल अति प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको शिविर

काठमाडौं । भाइरल अति प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको शिविर राखिएको छ । जाजरकोटको भाइरल प्रभावित क्षेत्रमा औषधिसहित पुगेको स्वास्थ्यकर्मीको टोलीले उपचार सुरु गरेको छ । पाँच बालबालिकासहित ९ जनाको मृत्यु हुने गरी जिल्लाको जुनीचाँदेमा फैलिएको भाइरल प्रभावित क्षेत्रमा टोलीले उपचार सुरु गरेको हो ।
टोलीले शिविर खडा गरेर उपचार सुरु गरेपछि प्रभावित क्षेत्रमा केही सुधार आएको स्वास्थ्यकर्मीले वताएका छन् । जिल्ला सदरमुकाम खलंगा र प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट गरेको स्वास्थ्यकर्मीको टोलीले बढी प्रभावित मजकोटका गाउँमा उपचार सुरु गरे पछि प्रभावित क्षेत्रमा सुधार आएको जिल्ला स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन ल्याप टेक्नियसर कृष्ण खत्रीले जानकारी दिए ।
प्रभावित क्षेत्रमा संकलन गरिएको एच वान एन वानको किडबाट संकलन गरिएको विवरण आज काठमाडौं पठाइने तयारी भैरहेको ल्याव टेक्निसियन कृष्ण खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्