सन्तोष के.सीको संगीतमा रहेको “दशैं आयो परदेशी आएन’ सार्वजनिक (भिडियोसहित )

काठमाडौं, भदौ २५ । चर्चित गायक तथा संगीतकार सन्तोश के.सीको संगीतमा रहेको नयाँ दशैं गीत “दशैं आयो परदेशी आएन’ सार्वजनिक भएको छ । यो गति आज मात्रै बजारमा आएको हो ।

गीतमा चर्चीत गायक प्रमोद खरेलको स्वर रहेको छ भने गीतको शब्द रचना सुरज गैरे ले गरेका छन् । संगीत गायक तथा संगीतकार सन्तोश के.सीले गरेका हुन्।


परदेशीका कथामा तयार पारिएको उक्त म्युजिक भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन ।
त्यस्तै भिडियोमा अभिनय रमा थपलिया रमेश के.सी र मोनालिसा शर्माको रहेको छ भने भिडियो छायांकन अजय रेग्मी र सम्पादन बिकाश धितालले गरेका हुन्।

निकै मिठो शब्द संगीत अनि स्वरले भरिएको गीतको भिडियो अत्यन्तै मार्मिक रहेको छ। गीतमा परदेशबाट दशैमा आफ्नो घर अनि देश आउन नपाउदाको पिडा पोखीएको छ ।


दशैं, तिहारजस्ता चाड पर्वलाई लक्षित गरी यति बेला सांगीतीक बजारमा गीतहरु धमाधम आउन थालेका छन् ।

हिन्दुहरुको महान चाड दशैं नजिकिदै जादा नेपाली सांगितीक बजारमा थुप्रै दशै तथा तिहारका गीतहरु बजरमा आउन थालेका हुन् र कतिपय आइपनि सकेका छन्

https://www.youtube.com/watch?v=IORHfi155ms

प्रतिक्रिया दिनुहोस्