सरकारको कडा आलोचनाः डेंगो देखियो, सरकार हरायो

काठमाडौं , भदौ २४ । डेंगोले प्रकोपको रुप लिइसक्दा पनि गम्भीर नभएको भन्दै विवेकशील नेपाली दलले सरकारको आलोचना गरेको छ ।

वैशाखदेखि नै प्रकोपको रूपमा देखिएको डेंगो ४८ जिल्लाहरूमा फैलिसक्दा पनि सरकार बेखबर झैं देखिएको भन्दै विवकेशीलले ‘डेंगो भेटियो, सरकार भेटिएन’ भन्दै आलोचना गरेको हो ।


सरकारले अहिलेसम्म कुनै ठोस कदम नचालेको भन्दै विवेकशीलले डेंगो नियन्त्रणका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य गरी काम गर्न सुझाव दिएको छ ।

भदौमा उल्लेख रुपमा देखिएको डेंगा मन्त्रीदेखि चिकित्सकसम्मलाई संक्रमण भइसकेको छ । काठमाडौंलगायत तराई र मध्य पहाडसम्मका यसको प्रकोप देखिएको छ । यति बेला देशभर डेंगो फैलिएको छ ।

यसको नियन्त्रण हुन नसक्दा सरकारले आलोचना भइरहेको छ । रोगले अस्पताल भरिदा समेत सरकार भने मौन रहेको विभिन्न्न राजनीतिकदलतका नेता तथा कार्यकर्ता टिपण्णी पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्