उच्च पदस्थले प्रधानसेनापतिबाट सिक्ने कि ?

काठमाडौं, भदौ २५ । प्रधानसेनापति पूर्णचन्द्र थापाले पहिलोपटक सम्पत्ति विवरण सार्वजनिक गरेर राष्ट्रसेवक कर्मचारीमध्येमा आफूलाई भ्रष्टाचारमा शून्य सहनशीलताको नीति व्यवहारमा लागू गर्ने पहिलो नम्बरमा उभ्याएका छन् ।

प्रायः धेरै राष्ट्रसेवकले बोली र भाषणमा बारम्बार भ्रष्टाचारमा शून्य सहनशीलताको आवाज उठाउँछन् तर उनीहरूको व्यवहारमा त्यस्तो पाइँदैन ।

प्रधानसेनापति थापा मात्रै त्यस्ता राष्ट्रसेवक देखिए, जसले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेर भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई व्यवहारमै लागू गरे ।

हाल निजामती, प्रहरी, शिक्षक, सेना, तथा सार्वजनिक संस्थामा कार्यरत गरी झन्डै ५ लाखको संख्यामा राष्ट्रसेवक कर्मचारी छन् । ती राष्ट्रसेवकमध्ये कसैले पनि सम्पत्ति विवरण सार्वजनिक गर्ने तदारुकता देखाएका छैनन् ।

तर, प्रधानसेनापति थापाले सम्पत्ति विवरण सार्वजनिक गरेर अरूलाई चुनौती दिएका छन् । प्रधानसेनापति थापाले मंगलबार आफ्ना योजना र कार्यक्रम सुनाइरहँदा उनमा देखिएको सुशासनप्रतिको वास्तविक प्रतिबद्धता स्यालुट गर्न लायक थियो । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्