अमेरिकी सेनाबिरुद्ध लडाई जारी राख्ने तालिबानको चेतावनी

काठमाडौं, भदौ २४ । अमेरिकी सेनाबिरुद्ध लडाई जारी राखे तालिवानी लडाकुले चेतावनी दिएको छ ।

तालिबान लडाकू समूहले अफगानिस्तानमा अमेरिकी सेनाबिरुद्धको लडाई जारी राख्ने चेतावनी दिएको हो ।

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अफगानिस्तानमा सशस्त्र संघर्षरत तालिबानसँगको शान्ति वार्ता ‘मृततुल्य’ भएको बताएका थिए । यस लग्तै तालिबानले यस्तो चेतावनी दिएको हो ।


तालिवानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले अफगानिस्तानमा तालिबानको कब्जा अन्त्य गर्ने दुई तरिकाहरु भएका जिहाद लडाई र अर्को वार्ता भएको एएफपी समाचार समितिलाई बताएका छन् । ‘यदि ट्रम्प वार्ता रोक्न चाहन्छन् भने हामी पहिलो तरिका अपनाउँछौं र उनीहरूले चाँडै नै पश्चाताप गर्नेछन्’ मुजाहिदले बताएका छन् ।

तालिबानको उक्त विज्ञप्ति १८ वर्ष भन्दा बढी समयदेखि जारी अफगान युद्धको अन्त्यका लागि हुने वार्ता अमेरिकी राष्ट्रपतिले रद्द गर्नु भएपछि आएको हो । ट्रम्पले शनिबार ट्वीटमार्फत क्याम्प डेभिडमा अफगानिस्तानका राष्ट्रपति र तालिवान नेताहरूसँग आइतबार हुने भनिएको गोप्य बैठकहरु रद्द भएको घोषणा गर्नु भएको थियो ।

ट्रम्पले सोमबार ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै अफगानिस्तानमा सशस्त्र संघर्षरत तालिबानसँगको शान्ति वार्ता ‘मृततुल्य’ भएको बताएका थिए । –एएफपीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्