बैंक तथा वित्तीय संस्थालाई आइटी मजबुत बनाउन राष्ट्र बैंकको निर्देशन, साइबर सुरक्षामा पनि चनाखो हुन सुझाव

काठमाडौं, भदौ २४ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो सूचना तथा प्रविधि प्रणालीलाई बलियो बनाउन निर्देशन दिएको छ ।

चिनियाँ ह्याकरले नेप्सको सिस्टम ह्याकगरी एटीएमबाट पैसा चोरी गरेपछि राष्ट्र बैंकले सूचना प्रविधिलाई मजबुत बनाउन निर्देशन दिएको हो ।

यस्तै बैंक तथा वित्तीय संस्थाहरुको आईटी प्रणालीको सेक्युरीटि अडिट गरी त्यसवाट देखिएको समस्यालाई सम्बोधन गर्न अन्तराष्ट्रिय अभ्यास अनुरुपको पूर्व सकृयता व्यवथापन गर्न र कर्मचारी तथा प्रयोगकर्ताको क्षमता अभिवृद्धि गर्न पनि निर्देशन दिइएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो वेबसाईट, मोवइल एप, आधिकारीक सामाजिक संन्जाल तथा सूचना प्रविधि प्रणालीमा साईबर आक्रमण, मालवेर भइरस, रनसमवेर जस्ता बाह्य जोखिमलाई सुरक्षित गर्न निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुलाई सूचना चोरी तथा चुहावट, आर्थिक जोखिमलाई नियन्त्रण गर्न प्रविधिक पक्ष सुदृढ गर्ने व्यवस्था गर्न, अद्यावधिक गर्न, सूचना आदान प्रदान गर्न, भुक्तानी आदेश गर्दा एवं सेवा प्रवाह गर्दा अवलम्बन गरेका प्रणालीको सत्यता जाँच गर्न निर्देशन दिएको हो ।

साइबर सुरक्षाका विषयमा बैंकका कर्मचारी तथा प्रयोगकर्ताको क्षमता अभिवृद्धि गर्न पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

त्यसैगरी, नेपाल सरकार मन्त्रिपरिषदबाट स्वीकृत सूचना प्रविधि आकस्मिक सहायता समूह (सञ्चालन तथा व्यवस्थापन) निर्दे्शिका, २०७५ बमोजिम साइबर सुरक्षा सम्बन्धी घटनामा तत्काल सहायता उपलब्ध हुने व्यवस्था मिलाउन पनि दिर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्