नेपालको प्राथमिकताअनुसार विकासमा सहयोग गर्ने मोदीको प्रतिवद्धता, भने -छिट्टै नेपाल आउन चाहन्छु

काठमाडौं , भदौ २४३ । । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफु छिट्टै नेपाल भ्रमण आउने बताएका छन् । प्रधानमन्त्री ओलीले नेपाल भ्रमणका लागि दिएको निम्तो स्वीकार गर्दै मोदीले छिट्टै नेपाल आउने बचन दिएका हुन् ।

‘छिट्टै नेपाल आउने प्रयास गर्नेछु,’ उनले भनेका छन् । यसैबिचम मोदीले प्रधानमन्त्री ओलीको स्वास्थलाभको कामना गर्दै अभुतपूर्व सक्रियताको प्रशंसा गरे ।


साथै उनले नेपालको प्राथमिकताअनुसार विकासमा सहयोग गर्ने प्रतिवद्धता दोर्होयाएका छन् ।

नेपाल भारत पेट्रोलियम पाइपलाइनको संयुक्त उद्घाटनपछि भिडियो कन्फ्र्रेन्समार्फत सम्बोधन गरेका प्रधानमन्त्री मोदीले यो आयोजनामा अपेक्षा गरेभन्दा अगाडि नै काम भएको भन्दै खुसी व्यक्त गरे । उनले नेपाल भारत सहयोगका परियोजनाहरुको काम पनि सन्तोषजनक रहेको बताए ।

दुई देशको राजनीतिक नेतृत्व नियमित सम्पर्कमा रहेको र नेपालका प्रधानमन्त्री ओलीसँग आफ्नो चार पटक भेटवार्ता भएको स्मरण गर्दै भारतीय प्रधानमन्त्री मोदीले भने, ‘यसले आपसी विश्वास पक्का भएको छ र परस्पर हितका विषयमा समझदारी अझ मजबुत भएको छ ।’

प्रतिक्रिया दिनुहोस्