देशभर चिसो बढ्यो ,शीतलहरका कारण सप्तरीमा मृत्यु हुनेको संख्या १४ पुग्यो

काठमाडौं । एक साता यता देशभर अत्यधिक चिसो बढ्दै जान थालेको छ । बाक्लो हुस्सु र शीतलहरबाट तराइ जिल्लाको जनजिवन प्रभावित भएके छ । यसैगरि शीतलहरका कारण सप्तरीमा मृत्यु हुनेको संख्या १४ पुगेको छ । एक सातादेखि अत्यधिक बढेको शीतलहरले सप्तरीमा मृत्यु हुनेको संख्या १४ पुगेको हो । आईतबारमात्रै दुई जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १४ जना पुगेको हो ।

आज थप कञ्चनरुप नगरपालिका वडा नम्वर २ बरमझियाका ५५ वर्षीय बेचन शेख र वडा नम्वर ७ का ६१ वर्षीय उत्तम मरिकको शीतलहरका कारण मृत्यु हो। यसअघि शनिबार पनि कञ्चनरुप र डाकनेश्वरी नगरपालिका तथा अग्निसाइर कृष्णा सवरण र तिलाठी कोइलाडी गाउँपालिकामा गरी एक बालकसहित ७ जनाको मृत्यु भएको थियो ।

सप्तरीमा दलित र विपन्न समुदायका व्यक्तिहरु चिसोबाट बढी प्रभावित भएका छन् ।
शीतलहरले जनजीवन थप कष्टकर हुँदै गएपछि स्थानीय प्रशासनले केही राहत वितरण समेत वितरण सुरु गरेका छन् । स्थानीय तहले हालसम्म पनि पर्याप्त दाउरा र चिसोबाट बच्ने वैकल्पिक व्यवस्था गर्न सकेको पीडितहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्