पाइपलाइनबाट पेट्रोलियम: डिजेल र पेट्रोलको मूल्य घट्यो

काठमाडौं, भदौ २४ । नेपाल आयल निगमले डिजेलरमट्टितेल र पेट्रोलको मूल्य घटाएको छ ।

आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल , मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

मूल्य घटेसँगै प्रतिलिटर डिजेलरमट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ ।

निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्रयाउँदै छ ।

पाइपलाइनाबाट इन्धन भित्रयाउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ । यता खाने पकाउने ग्यास (एलपी) को मुल्य भने भने यथावत नै रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्