नेपाल–चीन उच्चस्तरीय वार्तामा के -के भयो सम्झौता ?

काठमाडौं, २३ भदौ । नेपाल चीन उच्चस्तरीय वार्ता सुरु भएको छ । होटल याक एण्ड यतीमा सुरु भएको वार्तामा नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका छन् । टोलीमा अर्थमन्त्री युवराज खतिवडा पनि सहभागी छन् ।

चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री वाङ यीले गरेका छन् । चिनियाँ विदेशमन्त्री यी र नेपाली सकमक्षी प्रदीप ज्ञवालीको उपस्थितिमा हस्ताक्षर भएको तीनवटा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

पहिलो सम्झौता मनाङमा करिव ३५ करोड रुपैयाँ लागतमा अस्पताल बनाउने, दोस्रो आपतकालीन राहतका लागि ५ हजार टेन्ट उपलब्ध गराउने छ । दुबै सम्झौतामा अर्थसचिव र चाइना डेभलपमेन्ट को अपरेशनका उपाध्यक्षले हस्ताक्षर गरेका छन् । । त्यस्तै तस्रो चिनियाँ स्वम्सेवक शिक्षक नेपाल आउने सम्बन्धि संझौतामा शिक्षा सचिवले हस्ताक्षर गरेका छन् ।

राष्ट्रपति सी जिनपिङको भ्रमणको पूर्वसन्ध्यामा नेपाल आएका चिनियाँ विदेशमन्त्रीको चासो बीआरआईमा नेपालले गरेको प्रतिबद्धता अनुरूपको कार्य प्रगतिमै केन्द्रित छ । नेपालको तर्फबाट जति प्रगति हुनुपर्ने हो त्यो हुन नसकेकोमा चीनले चासो राखेको छ ।

नेपालको चासो भने काठमाडौं–केरुङ रेलमार्गमा छ । रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चीनको सहयोग खोजिरहेको नेपालले सम्भवतः त्यसपछिको रेलमार्ग निर्माणको मोडालिटीमा पनि चीनको साथ खोजेको छ ।

चीनको सहयोगमा काठमाडौं–केरुङ रेलगर्माको पूर्व सम्भाव्यता ९प्रि–फिजिबिलिटी० अध्ययन भइसकेको छ । चिनियाँ राष्ट्रपति स्वयंले यसअघि राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला रेलमार्गबारे सकारात्मक धारणा व्यक्त गरिसकेकाले यो वार्ताका क्रममा ती कुरामाथि समीक्षा हुने परराष्ट्र स्रोतले जनाएको छ ।

वाङसँग राष्ट्रपति र प्रधानमन्त्रीको भेटमा रेलमार्गको विषय उठ्ने प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले बताए । विशेषतः काठमाडौं–केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० निर्माणका लागि नेपालले चीनको सहयोग पहिलो चरणमा खोजेको छ ।

चिनियाँ पक्षले भने बीआरआई र यसअघि नेपाल–चीनबीच भएका पारवहन सम्झौतामा नेपालको तर्फबाट भइरहेका कामप्रति चासो राखेको छ । राष्ट्रपति सीको भ्रमणपूर्व यी काममा प्रगति भएको चीनले हेर्न चाहेको छ ।

नेपाली महिलाहरु चीन तस्करी हुने गरेको घटनाको विरोधमा सोमबार नेपाली महिलाहरुको एक समूहले चिनियाँ राजदूतावास बाहिर प्रदर्शन गरेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आएको बेला उनीहरुले चिनियाँ राजदूतावास बाहिर प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्