नेपाल पुर्नर्बीमा कम्पनीले १ अर्ब ६० करोडको आईपीओ निष्काशन गर्न बोर्डसंग माग्यो अनुमति
जागरण न्युज
काठमाडौं, २३ भाद्र । नेपाल पुर्नर्बीमा कम्पनीले १ अर्ब ६० करोड रुपैयाँको प्राथमिक शेयर (आईपीओ) निष्काशनको प्रकृया अगाडि बढाएको छ । कम्पनीले भदौ २२ गते आइतबार १०० रुपैयाँ अंकित दरका १ करोड ६० लाख कित्ता आईपीओ निष्काशनको लागि बोर्डसँग अनुमति मागेको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्नेछ ।
पुर्नबीमा कम्पनीले निष्काशन गर्न लागेको आईपिओलाई इक्रा नेपालले ‘इक्रा एनपि आईपिओ ग्रेड २’ रेटिङ्ग प्रदान गरेको छ । इक्रा नेपालले प्रदान गरेको ग्रेड २’ रेटिङ्गले कम्पनीको वित्तीय अवस्थाको पक्ष औसत आधारभुत भन्दा माथि रहेको जनाउँछ ।
गत जेठ ३१ गते सम्पन्न कम्पनीको चांैथो वार्षिक साधारण आईपीओ निष्काशनको प्रस्ताव पारित गरेको थियो ।
सर्वसाधारणमा शेयर निष्काशनका लागि कम्पनीले आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
नेपाल पुनर्बीमा कम्पनीको अधिकृत पूँजी १५ अर्ब, जारी पूँजी १० अर्ब, र चुक्ता पूँजी ८ अर्ब ४० करोड रहेको छ । सर्वसाधारणलाई शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पूँजी १० अर्ब पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्