आँखा प्रतिष्ठानका वरिष्ठ आँखा रोग विशेषज्ञ डा.रुइत डेंगुबाट संक्रमित

काठमाडौं, २३ भदौ । तिलगंगा आँखा अस्पतालका निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत र उनका दुई छोरीहरु डेंगुबाट संक्रमित भएका छन् । नर्भिक अस्पतालमा उनीहरुको उपचार भइरहेको परिवारिक स्रोतले जनाएको छ ।

कम लागतमा मोतीविन्दुको उपचार गरेर हजारौंको दृष्टि फर्काएका रुइत राष्ट्रिय अन्तर्राष्ट्रिय थुप्रै पुरस्कारबाट सम्मानित भएका छ ।

लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोग नेपालमा अहिले फैलिँदै गएको छ । हालसम्म सरकारले डेंगुको कारण चार जनाको मृत्यु भएको पुष्टि गरिसकेको छ । डेंगु महामारीको रुपमा फैलदै गर्दा सरकारले रोग नियन्त्रणको लागि ब्यापक जनचेतना फैलाउन आवश्यक रहको छ । यसको लागि स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मी परिचालन गरेर यो महामारीबाट आम जनतालाई बचाउने तर्फ सरकारको लाग्न जरुरीछ ।

प्रतिक्रिया दिनुहोस्