दुई तिहाइको ओली सरकारले सिन्को समेत भाँच्न सकेनः अध्यक्ष राणा
काठमाडौं, भदौ २१ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति समशेर राणाले ओली सरकारले सिन्को पनि भाच्न नसकेको आरोप लागाएका छन् । ओली सरकारकोे कुशासनबाट आक्रोशित जनताले अब विकल्प खोज्ने बेला आएको उनले बताए ।
‘इतिहासकै बलियो दुई तिहाइको नेकपा सरकारलाई जनताले मौका दिएको भए पनि सरकारले सिन्को पनि भाँच्न नसकेन बताउदै उनले भने विगत १६ महिनामा ओली सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवाद उन्मुख शासन शैली बाहेक केहीदिन नसेको अध्यक्ष राणाले बताए ।
सिन्धुली जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै राणाले भने ‘ जनतामा निराशा छाएको छ र आक्रोश बढेर गएको छ । जनता अब पर्खेर बस्नेवाला छैनन्,’
गुठीविधेयक र रवी लामिछाने प्रकरणमा जनताको आक्रोश छताछुल्ल भएको भन्दै जनताले खोजेको विकल्प राप्रपा (संयुक्त) ले दिने अध्यक्ष राणाले दाबी गरे ।
सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको र राष्ट्रपतिको भूमिका निष्पक्ष नभएको जिकिर गर्दै उनले निष्पक्ष संस्थाको रुपमा राजसंस्थाको आवश्यकता टड्कारो रहेको बताए । जनताको चाहना बमोजिम राजसंस्था र सनातन हिन्दु राष्ट्रको लागि आन्दोलन गर्ने पार्टीको योजना रहेको राणाले जानकारी गराए ।
अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्तारुढ दलहरुले माक्र्सवादको नाममा मुलुकमा लुटतन्त्र मच्चाएको टिप्पणी गरे ।
नेता बनेर जनताको सेवा गर्ने होइन सरकारमा पुगेर अकुत सम्पत्ति आर्जन गर्ने प्रवृत्ति बढेको छ भन्दै लोहनीले नेताहरुको सम्पत्ति छानबिन गर्न माग गरे ।
जनआन्दोलनले माग नै नगरेको धर्म निरपेक्षता लादेर अन्याय गरिएको भन्दै ८१ प्रतिशत भन्दा बढी हिन्दु र ९२ प्रतिशत ओमकार समुदाय भएको नेपालमा सनातनहिन्दु राष्ट्रको विकल्प नभएको अध्यक्ष लोहनीले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्