सांसद यादवले भने- एसिड आक्रमण गर्नेलाई फाँसी दिनुपर्छ
काठमाडौं, भदौ २१ । संघीय सांसद प्रदिप यादवले एसिड आक्रमण गर्नेहरुलाई फाँसीको सजाय दिनुपर्ने माग गरेका छन् ।
वीरगञ्जमा शनिबार आयोजित कार्यक्रममा सांसद यादवले यस्तो माग गरेका हुन् ।
कानुन संशोधन गरेरै भएपनि जन्मकैद वा फाँसीको सजायको व्यवस्था गर्नुपर्नेमा बताउदै उनले कानुन संशोधनका लागि आफूले संसदमा आवाज उठाउने तर्क गरे ।
‘जसले महिलाको जिन्दगी वर्बाद गरेको छ, उसको पनि जिन्दगी वर्बाद हुनुपर्छ । त्यस्तालाई फाँसीको सजाय हुनुपर्छ । त्यसका लागि कानुन संशोधन गर्नुपरे गरौं ।’ यादवले भने ।
कडा सजाय हुन्छ भन्ने डर नभएसम्म यस्ता घटना दोहोरिहने भन्दै उनले अपराध गर्न खोज्नेको मनमा डर पैदा गर्न पनि कानुन संशोधन गर्न आवश्यक रहेको र्औँल्याए ।
सांसद यादवले एसिड आक्रमणबाट घाइते किशोरीको उपचारका लागि मात्रै नभएर शिक्षा र रोजगारीमा समेत सरकारले सहयोग गर्नुपर्ने धारणा राखेका छन् ।
शुक्रबार वीरगञ्जमा एक किशोरीमाथि एसिड आक्रमण गरिएको थियो । एसिड प्रहार गर्ने मुख्य अभियुक्त वीरगञ्ज(२ छपकैयाका सम्साद मियाँ र माजिद आलमलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । पिडित मुस्कानको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्