भारतले गर्यो काठमाडौंमा शैक्षिक संस्था निर्माण

काठमाडौं, भदौ २१ । नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले कोठमाडौंको कोटेश्वर बहुुमुखी क्याम्पसको नवनिर्मित क्याम्पस भवनको उद्घाटन गरेका छन् ।

भारत सरकारको ४ करोड ५१ लाख रुपैंया अनुदान सहयोगमा निर्मि तीन तल्ले नयाँ संरचनामा १८ वटा कक्षाकोठा लगायत क्याम्पस प्रमुख, परीक्षा शाखा, प्रशासन शाखा, लेखा शाखाका लागि छुट्टै कक्ष रहेका छन् । साथै छात्र र छात्राका लागि छुट्टै शौचालयको व्यवस्था रहेको छ ।


नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
शनिबारको उक्त उद्घाटन समारोहमा नेकपा नेता तथा कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र बहादुर पाण्डे, पूर्वपरराष्ट्र सचिव भट्टराई, जिल्ला समन्वय समितिका अध्यक्ष शिव सुन्दरराज वैद्य लगायत राजनीतिक नेता तथा सामुदायिक अगुवाहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्