दाङमा पनि डेंगुका बिरामी फेला परे

काठमाडौं, भदौ २१ । दाङमा पनि डेंगुका बिरामी फेला परेका छन् । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र बबई गाउँपालिकामा डेंगुका बिरामी फेला परेको स्वास्थ्य कार्यालय दाङका डेंगु नियन्त्रण कार्यक्रमका फोकल पर्सन कमल चन्दले पुष्टि गरे ।

घोराही उपमहानगरपालिकामा तीन, तुलसीपुर उपमहानगरपालिकामा दुई र बबई गाउँपालिकामा दुईजना गरी ७ जना व्यक्तिमा डेंगुको लक्षण फेला परेको उनले बताए ।

जस मध्ये तीनजनाको अहिले जिल्ला बाहिर उपचार भैरहेको छ । चारजना सामान्य उपचारपछि घर फर्किएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्