चिनियाँ विदेशमन्त्री आइतबार नेपाल आउँदै, भ्रमण कार्यक्रम सार्वजनिक

काठमाडौं , भदौ २० । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा चीनका ‘स्टेट काउन्सिलर’ एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा आगामी आइतबार काठमाडौँ आउँदैछन् ।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्दै भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


परराष्ट्रमन्त्री ज्ञवालीले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् भने सोही दिन चिनियाँ विशिष्ट पाहुनाहरूको सम्मानमा रात्रिभोज आयोजना गर्नेछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री वाङ नेपाल आउन लागेका हुन्।

भ्रमणका क्रममा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नेछन्।

भ्रमणको दोस्रो दिन सोमबार उनले नेपाली समकक्षीको नेतृत्वमा रहेको टोलीसँग औपचारिक वार्ता गर्नेछन्। मन्त्री ज्ञवालीले विदेशमन्त्री वाङको सम्मानमा रात्रिभोजको आयोजना गरेकोसमेत परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्