स्वदेश फर्कनासाथ प्रधानमन्त्रीले भेटे प्रचण्डलाई, बालुवाटारमा भयो यस्तो छलफल
काठमाडौँ, भदौ २० । स्वदेश फर्कनासाथ प्रधानमन्त्रीले भेटे प्रचण्डलाई भेटेका छन् । सिंगापुरमा उपचार गरी स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेटघाटमा सक्रियता देखाएका छन्।
१४ दिने लामो उपचार गरेर शुक्रबार दिउँसो करिब १ बजे स्वदेश फर्किएका ओली र उनका पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको छ।
छलफलका लागि अध्यक्ष दाहाल स्वयम् ओलीलाई भेट्न बालुवाटार पुगेको र ओलीको स्वास्थ्य अवस्थाबारे विस्तृतमा जानकारी लिएको बुझिएको छ।
स्रोतका अनुसार ओली र दाहालबीच केही र राजनीतिक सम्वाद भएपनि त्यो आगामी पार्टी एकता र सचिवालय बैठकको मिति तय गर्ने सम्बन्धमा थियो।
सिंगापुर जानुअघि ओलीले अध्यक्ष दाहाललाई शक्तिशाली बनाउँदै पार्टीको निर्णयअधिकार सुम्पिएको भएपनि दाहालले योबीचमा ओलीसँग कुनै समन्वय नगर्दा ओलीमा असन्तुष्टि बढेको बुझिएको छ।
ओलीले आफ्ना निकट नेताहरु बामदेव गौतम, विष्णु पौडेललाई सिंगापुरमै बोलाएपछि नेकपाभित्र नयाँ समीकरण विकास भएको अड्कलबाजी सुरु भएको छ।
स्रोतका अनुसार पछिल्लो समय माधवकुमार नेपाललाई अलग्याएर ओली र प्रचन्ड नजिक हुन खोजिएको भनिएपनि प्रचन्डलाई नेतृत्वबाट बन्चित गर्न ओली(नेपाल पुनस् जुटेको अनुमानसमेत गरिएको छ।
प्रतिक्रिया दिनुहोस्