भवानी रेग्मीले अभिनय गरेको नयाँ देउडा गीत मेरा प्यारा बोगटान सार्वजनिक (भिडियोसहित)

काठमाडौं, भदौ १९ । गायक ज्ञानु बमको नयाँ देउडा गीत मेरा प्यारा बोगटान सार्वजनिक भएको छ । श्रीराम फिलिम्सबाट यो गीत भर्खैरै मात्र बजारमा आएको हो ।

गीत निकै मिठो र मनछुने रहेको छ । गीतमा आफ्नो जन्मेको गाउँ ठाउँको बारेमा वर्णन गएिको छ ।गइजाऔ प्यारा बोक्टान गइजाउ काफल खान जस्ता शब्द गीतमा समेटिएका छन् ।

सुदुरपश्चिको संस्कृति तथा त्यो जन्मेको प्यारो आफ्नु जन्मभुमीको बारेमा चर्चा गरिएको छ । गीतमा स्वर ज्ञानु बम र शोभा थापा को रहेको छ भने भवानी रेग्मी र रितु पनेरुको दमदार अभिनय रहेको छ ।

थुपै गितमा अभिनय गरिसकेका मोडल भवानी रेग्मीको यो गितमा पनि त्यतिकै उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

गतिको निर्देशन पनि रेग्मीले नै गरेका हुन् । स्वर्गीय बुवा चक्र सिंह बमको सम्झनामा यो गीत ज्ञानु बलमे बजारमा ल्याएका हुन् । गीतमा शब्द महेन्द्र बमको रहेको छ भने लय राम शिलालको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्