राप्रपा संयुक्तको बैठकमा तीनवटा प्रतिवेदन प्रस्तुत
काठमाडौँ, भदौ १९ । राप्रपा संयुक्तको बैठकमा तीनवटा प्रतिवेदन प्रस्तुत गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको केन्द्रीय कार्य समिति बैठक सुरु भएसंगै प्रतिवेदन पेश गरिएको हो ।
बिहीबार काठमाडौँको एक पार्टी प्यालेसमा सुरु भएको बैठकमा अध्यक्ष पशुपति शमशेर राणाले राजनैतिक प्रतिवेदन प्रस्तुुत गरेका छन् ।
बैठकमा अध्यक्ष राणाबाहेक सचिवालय संयोजक धु्रब बहादुर प्रधानले सचिवालय प्रतिवेदन र कोषाध्यक्ष श्याम तिमिल्सिनाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
तीनवटै प्रतिवेदनमाथि छलफल सुरु भएको राप्रपा संयुक्तले जनाएको छ । बैठक शुक्रबारसम्म चल्ने र महत्वपुर्ण निर्णयहरु गर्ने प्रवक्ता रविन चाम्लिङ राईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्