काँग्रेसले आफ्नो दोस्रो चरणको जागरण अभियान २४ भदौदेखि प्रारम्भ गर्ने
काठमाडौं , भदौ १९ ।प्रमुख विपक्षी दल नेपाली काँग्रेसले ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा भदौ २४ गतेदेखि दोस्रो चरणको जनजागरण अभियानको प्रारम्भ गर्ने भएको छ ।
पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी काँँग्रेसले ७७ जिल्ला, सबै प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तहमा १०६ औं बिपी जयन्तीको अवसरमा जागरण अभियान सञ्चालन लागको जानकारी दिएको हो । उक्त अभियान २४ भदौ सुरु भइ १० असोजमा समापन हुने छ ।
काँग्रेसले जागरण अभियानमार्फत महासमितिबाट पारित भई केन्द्रीय कार्यसमितिबाट अनुमोदित पार्टीको नयाँ विधानसहितका दस्तावेजबारे कार्यकर्तालाई सुसूचित गर्ने, नेता कार्यकर्ताबीच एकता बढोत्तरी गर्ने, जागरण अभिवृद्धि गर्ने, काँग्रेसको अगुवाइमा उपलब्ध राजनीतिक उपलब्धि जनताबीच सम्प्रेषण गर्ने, संविधान संशोधनबारे जनमत सिर्जना गर्ने लगायतका उद्देश्य लिएको छ ।
यसअघि काँग्रेसले ७७ वटै जिल्लामा पहिलो चरण अन्तर्गत २५ बैशाखबाट २५ जेठसम्म एक महिने जागरण चलाएको थियो । काँग्रेसले तेस्रो चरणको अभियान भने ७ पुसबाट १६ गतेसम्म ७ सय ५३ वटै स्थानीय तहमा जागरण अभियानको पूर्व निर्धा्रित कार्यक्रमम रहेको छ ।
काँग्रेसले संगठन सुदृढीकरण, सरकारविरुद्धका गतिविधि लगायतका १५ वटा मुख्य उद्देश्यअघि सारेको छ ।
प्रतिक्रिया दिनुहोस्