दसैंका लागि अग्रिम टिकट बुकिङमा अझै अन्योल

काठमाडौं, भदौ १९ । दसैंका लागि अग्रिम टिकट बुकिङ खुलाउन सरकार र यातायात व्यवसायीले अन्तिम तयारी गरेका छन् । तर कहिले र कसरी खुलाउने भन्नेमा अझै अन्योल देखिएको छ ।

बस व्यवस्थापन कसरी गर्ने भन्ने विषयले अग्रिम टिकट बुकिङ खुलाउने विषय अन्योलमा परेको हो ।

व्यवसायीले यातायात समिति खारेजीपछि नयाँ बस नथपिएकाले व्यवस्थापन गर्न कठिन भएको जनाएका छन् । उनीहरुले भाडा बढाउनुपर्ने विषयलाई पनि घुमाउरो पाराले अघि सारेका छन् ।

यातायात व्यवस्था विभाग र यातायात व्यवसायी महासंघबीच बुधबार अग्रिम टिकट बुकिङ खुलाउने तयारीसम्बन्धी छलफल भएको थियो ।

दुई पक्षीय छलफलमा सबै तयारी पूरा गरी अर्को साता अग्रिम टिकट बुकिङ खुलाउने मिति तय गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्