स्याङ्जा जीप दुर्घटना (अपडेट): मृत्यु हुनेको संख्या ३ पुग्यो, २६ जना घाइतेको उपचार चल्दै

काठमाडौं, भदौ १८ । स्याङ्जाको गल्याङमा बुधबार बिहान भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

मृत्यु हुनेमा पाल्पाकी फनीमाया नेपाली, स्याङ्जा वालिङकी मन्जु भण्डारी गैरे, वालिङकै दुई वर्षीय बालक प्रशन्न दर्जी रहेको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिए ।

गल्याङ प्रहरी चौकीका अनुसार पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको लु १ ज ३८४१ नम्बरको जीप गल्याङ ३ बुटवल पावर कम्पनी नजिकैबाट झण्डै ४०० मिटर तल खस्दा जीपमा सवारमध्येकी एक महिला र एक बालकको मृत्यु भएको हो । मृत्यु भएका दुवै जनाको सनाखत हुन सकेको छैन ।

२६ जना घाइतेमध्ये पाँच जनाको मिसन अस्पताल पाल्पामा र अन्यलाई लुम्बिनी मेडिकल कलेज प्रवास तानसेनमा उपचार भइरहेको छ ।

दुर्घटनामा पर्नेहरुमा तीज मनाएर घर फर्कदै गरेका महिला रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्