लुक्लाबाट उडेको तीन मिनेटमै जहाजको इन्जिन ‘फेल’ भएपछि

काठमाडौं, भदौ १८ । । बुधबार लुक्लाबाट काठमाडौंका लागि उडेको सीता एअरको जहाजको इन्जिन तीन मिनेटमै ‘फेल’ भएको छ ।

लुक्लाबाट बिहान ८ः२१ मा उडेको ‘नाइनएन एजेएच’ उक्त जहाजको दायाँ इन्जिन उडानकैक्रममा फेल भएको प्राधिकरणले जनाएको छ ।

विमानको एउटा इन्जिन फेल भएपनि सकुशल त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गराइएको नेपाल नागरिक उड्यन प्राधिकरण लुक्लाका इन्चार्ज इमानाथ अधिकारीले जानकारी दिए ।

सो जहाजमा चालकदलका तीनजनामात्रै सवार थिए ।

काठमाडौंबाट पर्यटक लिएर लुक्ला आएको विमान फर्कंदा खाली फर्किएको नागरिक उडड्यन प्राधिकरण लुक्लाले जनाएको छ ।

प्राधिकरण लुक्लाका प्रमुख अधिकारीकाअनुसार उडिसकेपछि इन्जिन फेल भएकाले दुर्घटनाबाट जोगिएको हो ।

जहाज उड्ने समयमा यस्तो भएको भए केही दुर्घटना हुनसक्ने उनको भनाइ छ ।

क्याप्टेन भरत थापाले उडाएको जहाज बिहान ८ः५१ बजे सकुशल अवतरण गरिएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्