प्रदेश नम्बर ३ का महाधिवेशन प्रतिनिधिलाई कांग्रेसले प्रशिक्षण दिने
काठमाडौं, भदौ १८ । कांग्रेसले प्रदेश नम्बर ३ का महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ ।
प्रदेश नम्बर ३ का विभिन्न सात जिल्लाका महाधिवेशन प्रतिनिधिलाई शुक्रबारदेखि कांग्रेसले दुई दिने प्रशिक्षण दिने भएको हो ।
प्रशिक्षणको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्ने भएका छन् । पार्टीका नेताहरूले महाधिवेशन प्रतिनिधिलाई संगठन सुदृढीकरणलगायत विषयमा प्रशिक्षण दिने कांग्रेसले जनाएको छ ।
प्रदेश ३ का बाँकी जिल्ला धादिङ, नुवाकोट, चितवन, सिन्धुली र मकवानपुरका महाधिवेशन प्रतिनिधिलाई भने पछि मकवानपुरमा प्रशिक्षण दिने प्रतिष्ठानले जनाएको छ
उपसभापति विमलेन्द्र निधि संयोजकत्वको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछापका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिन लागेको हो।
कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिको संयोजनमा प्रतिष्ठानले भक्तपुरमै प्रशिक्षण दिन लागेको सचिव मुक्ति आचार्यले बताए ।
प्रतिक्रिया दिनुहोस्