ईयूका तीन देशले नेपालको सार्वजनिक सेवा सुधारको लागि ११ अर्ब रुपैयाँ अनुदान दिने

काठमाण्डौ भदौ १८ । ईयूका तीन देशले नेपालको सार्वजनिक सेवा सुधारको लागि ११ अर्ब रुपैयाँ अनुदान दिने भएको छ ।

नेपालका प्रदेश र स्थानीय तहको क्षमता बढाउने र सार्वजनिक सेवामा सुधार ल्याउन युरोपीयन यूनियनका तीन देशले नेपाललाई ११ अर्ब रुपैयाँ अनुदान दिने भएको हो । ।

सिंहदरबारमा बुधबार अर्थसचिव राजन खनाल र विभिन्न देशका प्रतिनिधिले अनुदान सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार स्वीजरल्याण्ड, नर्वे र बेलायतले संयुक्त रुपमा १ सय मिलियन अमेरिकी डलर अर्थात ११ अर्ब ५३ करोड रुपैयाँ २०७६र७७ अर्थात चालु आर्थिक वर्षदेखि ४ आर्थिक वर्ष्भित्रमा नेपाललाई उपलब्ध गराउनेछ ।

अनुदानको रकमले दीगो विकास, नागरिकप्रतिको उत्तरदायित्व र क्षमता वृद्धि तथा ३ तहबीच देखिएको खाल्डो पुरिने विज्ञप्तिमा उल्लेख छ ।

यसरी ईयूका तीन देशले नेपालको सार्वजनिक सेवा सुधारको लागि ११ अर्ब रुपैयाँ अनुदान दिने भएपछि केहि सुधार हुने अपेक्ष लिएको छ । विकास तथा आर्थिक क्षेत्रमा केहि टेवा पुग्ने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्