जब एश्वर्याले १० करोड मागिन्…

काठमाडौं । केही बर्षको विश्रामपछि बलिउडमा फर्किएकी ऐश्वर्या राय कम तर राम्रो फिल्ममा केन्द्रित हुन खोजिरहेकी छिन् । विवाह गरेपछि छोरी जन्माएर घरमै बसेकी ऐश्वर्या बलिउडमा फर्किएसँगै फन्ने खाँ मा सक्रिय भईन् । उनको फिल्म आगामी इदमा रिलिज हुँदैछ जसको टक्कर सलमानको रेस ३ सँग हुनेछ ।

यसपछि ऐश्वर्यालाई लगातार फिल्मको प्रस्ताव आइरहेको छ । हालै उनलाई नर्गिस अभिनित फिल्म रात और दिन को रिमेकका लागि प्रस्ताव आएको छ । स्क्रिप्टअनुसार फिल्ममा उनको दोहोरो भुमिका छ । तर, जब परिश्रमिकको कुरा उठ्यो तब उनले १० करोड रुपैयाँ माग गरिन् ।

उनको रेट सुनेर सबै चकित परे । यति पारिश्रमिक अहिले बलिउडमा चलेको अभिनेत्रीको पनि छैन । तर, ऐश्वर्याको मागमा निर्माता प्रेरणा अरोरा सहमत भईन । दोहोरो भुमिकामा ऐश्वर्याले निकै मिहिनेत गर्नुपर्ने र फिल्म बन्न लामो समय लाग्ने भएकाले १० करोड दिन आफू राजी भएको अरोराले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्