घोडिघोडाको GGBSL संकेतमा सेयर कारोबार खुल्यो

जागरण न्युज
काठमाडौं, १८ भाद्र । घोडिघोडा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार सुरु भएको छ ।

नेप्सेले घोडिघोडा लघुवित्तको सेयर कारोबारका लागि ७७.०१ रुपैयाँदेखि २३१.०३ रुपैयाँसम्म ओपन रेन्ज दिएको छ । यो लघुवित्तको पहिलो सेयर कारोबार यही रेन्जभित्र रहेर हुनेछ ।

GGBSL संकेतबाट कारोबार हुनेछ । लघुवित्तले मंगलबार २ लाख ७६ हजार २५० कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको हो ।
लघुवित्तले आइपीओ सहित चुक्ता पुँजीको आधारमा कायम भएको सेयर सूचीकरण गरेको हो । घोडिघोडा लघुवित्तले गत असार २० देखि २४ गतेसम्म कुल १ लाख ३२ हजार ६०० कित्ता सेयर निष्काशन गरेको थियो । कञ्चनपुरको बेलौरीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले १० जिल्लामा कार्यक्षेत्र विस्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्