चिनियाँ राष्ट्रपति सी नेपाल भ्रमणमा आउने पक्का

काठमाडौं, १७ भदौ । चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी असोज २८ अथवा १५ अक्टोबरमा नेपाल भ्रमण गर्ने तयारी छ । राष्ट्रपति चिनफिङ नेपाल भ्रमणमा आउने संकेत आएपछि पराष्ट्र मन्त्रालय यसको तयारीमा जुटेको छ ।

धेरै पटक नेपाल भ्रमण गर्ने भनियता पनि राष्ट्रपति चिनफिङ नेपाल भ्रमणमा आएका थिएनन् । यसप टक भने पाँच दिन लामो भारत भ्रमणपछि उनी नेपाल हुँदै स्वदेश फर्कने कार्यक्रम तय गरिएको परराष्ट्र उच्च स्रोतले जनाएको छ ।

सोही मितिलाई आधार मान्दै नेपालले आन्तरिक गृहकार्य अघि जुटेको हो । राष्ट्रपति सीको भ्रमण ९ घण्टाको मात्र हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यस भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध, सिमाना, लिपुलेकविवाद, आर्थिक सहयोग आदन प्रदान, दुईदेशबीचको कुटनीतिब सम्बन्धमा थप सुधार हुने परराष्ट्र सम्बन्धि जानकरहरु बताउँ छन् ।

प्रतिक्रिया दिनुहोस्