टानको निर्वाचनको लागि कुमार थापा नेतृत्वले गरे प्यानल घोषणा, सहयोग गर्न सबै व्यवसायीहरुलाई थापाको आग्रह
काठमाडौं, १६ भदौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को यही भदौं २० गते हुने ४१ औ. साधारण सभा तथा नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा नेकपानिकट संगठनको तर्फबाट कुमार थापा नेतृत्वले अध्यक्ष सहित १७ सदस्यीय प्यानल घोषणा गरेको छ ।
थापा नेतृत्वको प्यानलले वरिष्ठ उपाध्यक्षमा ऋषि प्रसनद नेपाल, प्रथम उपाध्यक्षमा प्रकाशचन्द्र देबकोटा, द्वितीय उपाध्यक्षमा तेन्जिङ शेर्पा, महासचिवमा सरिता लामा, सचिवमा दामोदर ढकाल, कोषाध्यक्षमा टेक खकुराल र सहकोषाध्यक्षमा प्रदिप पण्डितलाई उम्मेद्वार बनाउने घोषणा गरेको छ ।
त्यस्तै सदस्यहरुमा ङिमादिकी शेर्पा, सुनिल सिलवाल, कृष्ण गोपाल श्रेष्ठ, पे्रम बहादुर लामा, रघु नाथ पौडेल, राम बहादुर गुरुङ्ग, श्रीराम अधिकारी, मिङ्मा शेर्पा र ठाकुर सापकोटा रहेका छन् ।
दरबार मार्गस्थित होटल उड्ल्याण्डमा आज आयोजीत उम्मेद्वारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षका प्रत्यासी अन्जन थापा (कुमार)ले टानलाई मर्यादित र पारदर्शी बनाउन व्यवसायीक हकहितको लागि १६ बुँदे प्रतिवद्धता पत्र जारी गरेका छन् । उनले पदयात्रा व्यवसायीको लागि विभिन्न समस्याहरु आफुले भोगेको र बुझेको हुँदा यसको लागि तत्काल पर्यटन अस्पताल स्थापना, ठाउँ ठाउँमा हेप्पडेक्स्, पर्यटन कोष स्थापना र साहसिह पदयात्रालगायत गर्व गर्न योग्य टान बनाउनको लागि आफ्नो उम्मेदवारी रहेको बताए ।
उनले आफूलाई टानको नेतृत्वको लागि प्यनलसहित जिताउन लागि सम्पूर्ण टान सम्बद्ध सदस्य तथा सम्पूर्ण पर्यटन व्यवसायीलाई आग्रह गर्र्दै विगतका दिनहरुमा आफूबाट केही गल्ती, कमजोरी भए त्यसलाई विर्सेर सहयोग गर्न सबैमा अपिल गरे ।
अध्यक्षका उम्मेद्वार थापा टानका पूर्व कोषाध्यक्ष, असाही टे«क एण्ड एक्सपिडिसनका सञ्चालक हन् । होटल उडल्याण्ड, हिमालयन योगा होम, लगायत दर्जन भन्दाबढि कम्पनीका सञ्चालक थापा सिंगो पयर्टन व्यवसायीकै सम्भावना बोकेका व्यक्तित्व हुन् । उनी विगतका निर्वाचनहरुमा पनि अध्यक्ष सहित विभिन्न पदका दाबेदार थिए ।
उम्मेदवार परिचयात्मक कार्यक्रममा थापा समूहको सपूर्ण पदाधिकारी तथा सदस्यहरु परिचयसहित आ–आफ्नो उम्मेद्वारी किन र के लागि भन्ने कुरालाई प्रष्ट्याएको थिए ।
कार्यक्रमको अध्यक्षता ग्रहण गरेका वरिष्ठ पर्यटन व्यवसायी सिताराम सापकोटाले नेकपा निकत कुमार थापा प्यानलको नेतृत्वलाई जिताउन सबै व्यवासायीहरुलाई अपिल गरे ।
टानको ४१ औं साधारण सभा तथा नयाँ नेतृत्वको लागि निर्वाचन यहि भदौ २० गते होटल सोल्टिमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्