आजदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक पाँच घण्टा सवारी आवागमन बन्द
काठमाडौं, १३ मंसिर । सधैंजसो पहिरोले सास्ती दिने नारायणगढ–मुग्लिन सडकखण्डमा निर्माणका लागि आजदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले तुइनखोला सडकखण्डमा पहिरो रोकथामको काम अघि बढाउन आजदेखि अर्को सूचना जारी नभएसम्म दैनिक पाँच घण्टा सडकमा आवागमन बन्द गरेको हो ।
बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ ।
काठमाडौँ हुँदै मुग्लिन–आँबुखैरेनी भएर पोखरा जाने तथा सोही मार्गबाट काठमाडौँ फर्किने सवारीसाधन भने सञ्चालन हुनेछन् ।
यात्रुहरुले समयलाई मध्यनजर गरि यात्रा गर्नुपर्ने छ ।























प्रतिक्रिया दिनुहोस्