आज सुन चाँदी दबैको मुल्य वृद्धि
काठमाडौं, १३ मंसिर । नेपाली बजारमा आज सुन चाँदी दुबै धातुको मुल्य वृद्धि आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको हो।
योसँगै प्रतितोला सुन २ लाख ४८ हजार १ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ तोलामा २ लाख ४६ हजार १ सय रुपैयाँमा कारोबार भएको छ।
आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेर ३ हजार २१५रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ३ हजार १७५ रुपैयाँमा किनबेच भएको थियो।























प्रतिक्रिया दिनुहोस्