प्रधानमन्त्री ओली भदौ २० गते सिंगापुरबाट फर्कदै

काठमाडौ, १६ भाद्र । उपचारका क्रममा सिंगापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली भदौ २० गते स्वदेश फर्कने भएका छन् ।

प्रधानमन्त्री ओली यहि भदौ ५ गते उपचारका लागि सिंगापुर जानुभएको थियो । उहाँको त्यहाँ रहेको नेशलन युनिभर्सिटी हस्पिटलमा ६ गतेदेखि उपचार भइरहेको छ ।
प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसँगको टेलिफोन कुराकानीमा २० गते फर्कने जानकारी दिनुभएको हो ।

एकदिन बिराएर गरिने प्लाज्माफेरेसिस तीन पटक गरिसकिएको छ र बिहीबार चौंथो पटक हुँदैछ।

प्रधानमन्त्रीको शरीरमा पाँचदेखि सात पटकको बीचमा प्लाज्माफेरेसिस गर्नुपर्ने क्याबिनेट डाक्टर दीलिप शर्माले बताए।

१२ वर्षअघि फेरिएको मिर्गौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्