बैंक अफ काठमान्डूको गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?
जागरण न्युज
काठमाडौं, भाद्र १६ । बैंक आफ काठमान्डूले १७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट ६ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
बैंकले ४८ करोड ३७ लाख ८६ हजार ६० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । कर तिर्न भने ८८ करोड ६९ लाख ४१ हजार ११० रुपैयाँ नगद लाभांश बाँड्नेछ ।
बैंकले उक्त लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।
हाल बैंक अफ काठमान्डूको चुक्ता पुँजी ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी ८ अर्ब ५४ करोड ६८ लाख ८७ हजार ६० रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्