देशभरका शिवमन्दिरहरुमा भक्तजनको भिड

काठमाडौं, १६ भदौ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरि तालिका (तीज) पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । आज देशभरको शिवमन्दिरहरुकमा भक्तजनको भिड लागेको छ । यस पर्वमा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण समेत हुने धार्मिक विश्वास भएकाले नारीहरु व्रत बसी पूजा आजा गर्द छन् ।

विवाहित महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि र अविवाहितले सुयोग्य वर पाउनका लागि तीज व्रत बस्ने गरेको सामाजिक चर्चा छ
तिजलाई फेसन, खर्चिलो र भड्किलो भएकोप्रति सबैको ध्यान केन्द्रीत भएको छ । समग्रमा मनोकामना पूर्ण गराउन तीजको व्रतको महत्व रहेको रहेकोे धर्मशास्त्रीहरुको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन् । तर, नेपाली समाजमा श्रीमानको दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको छ ।

‘अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र वधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ ।
नारीले परिवारको प्रतिनिधित्व गरी व्रत बस्ने गरेको बताउँदै उनले यदि नारी व्रत बस्न नसक्ने अवस्था भएमा वा रजस्वला भएमा पुरुषले पनि तीजको व्रत बस्न सक्छ ।
स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केराजस्ता खानेकुरा खाएर पनि व्रत बस्न सक्ने गौतमले जानकारी दिए ।

पौराणिक कथा:

तीजको व्रतसँग सम्बन्धित एक रोचक धार्मिक कथा छ । स्कन्द पुराणमा लेखिएअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने बरदान पाइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोज । त्यसपछि पार्वतीले आफ्नो समस्या साथीहरुलाई सुनाइन् । उनका साथीहरुले पार्वतीलाई हरण गरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत बसेर महादेवलाई नै स्वामी पाइन् ।

यसरी पार्वती साथीद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका ९तीज० को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर ‘हरितालिका’ शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्