जनकपुरधाममा भोली सार्वजनिक विदा

काठमाडौं, भदौ १५ । मिथिलाञ्चल क्षेत्रमा मनाइने चौठ चन्दको अवसरमा जनकपुरमा स्थानीय सरकारले सोमबार विदाको घोषणा गरेको छ । हिन्दु धर्मावलम्बीमा हरितालिका तथा चौठ चन्द पर्वको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले विदा दिने घोषणा गरेको हो ।

महिलाहरुले गर्ने हरितालिका तिज पतिको लागि गर्छिन् भने चौठचन्द पर्व सन्तानको दिर्घायू, परिवारको सुखी दाम्पत्य, शान्ति एवं समृद्धका लागि मनाइदैँ आइरहेको छ ।

गणेश चतुर्थी अर्थात चौठ चन्द पर्वको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै सोमबार विदा दिने जनाएका छन् ।

चौठचन्द पर्वमा महिलाहरुले व्रत गरि नयाँ चामलबाट बनाइएका विभिन्न परिकारका पकवानहरुहरु बनाएर अबेर बेलुकाको विभिन्न ५ किसिमका लफुल हातमा राखेर चन्द्रमाको दर्शन गरेपश्चात भोजन गर्ने चलन रहेको छ ।

चौठचन्द पर्वमा महिलाहरु भने दिनभर निराहार रहेर श्रद्धापूर्वक चामलको पुरी, खिर, दही, फलफूल लगायतका विशेष परिकारहरु पकवानहरु बनाउने गर्छन् । बिदामा प्रदेश सरकारले पनि केहि बिदा दिने निर्णय गरेको जनाएको छ । आगामी दिन बाट बिदा दिने नदिने भन्ने बारे भने ेकहि खुलाएको छैन् ।


अन्य प्रदेशमा भने केहि जनाकारी आएको छैन । भोली हिन्दुमहिलाहरुको महान पर्व तिज परेकाले पनि बिदा दिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्