करोड भन्दा बढी रकम लुटपाट गर्ने ५ जना चिनियाँ नागरिक प्रहरीद्वारा सार्वजनिक

काठमाडौं , भदौ १५ । नेपालको बैंकिङ प्रणालीबाट करोड भन्दा बढी रकम लुटपाट गर्ने ५ जना चिनियाँ नागरिकलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ ।

शनिबार दरबारमार्ग्स्थित नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी रकम झिक्ने क्रममा एक जना चिनियाँ नागरिक पक्राउ परेका थिए । प्रहरीले उनी बसेको होटलबाट अन्य ४ जनालाई पनि गरेको हो ।

उनीहरु पाँचै जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पाँचै जना चिनियाँ नागरिकलाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, ४० वर्षका लु जियालिङ, २९ वर्षका लिन जिनमिङ रहेका छन् ।

१ करोड २६ लाख ४५ हजार नेपाली रुपैयाँ र केही विदेशी रकमसमेत बरामद भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार १ करोड ६८ लाख ५४ हजार रुपैयाँ बैंकिङ प्रणालीबाट नोक्शान भएको जनाएको छ ।

नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघले सर्वसाधारणको निक्षेप सुरक्षित रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्